Swasthya Awaj
अदालत र सिनेट भन्दा माथि वन्दै कर्णाली प्रतिष्ठानका उपकुलपति डा.मंगल
अदालत र सिनेट भन्दा माथि वन्दै कर्णाली प्रतिष्ठानका उपकुलपति डा.मंगल कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत स्थायी कर्मचारी तथा शिक्षकहरुका स्तरबृद्धि रोकेको भन्दै शिक्षक तथा कर्मचारीहरु अन्दोलित वनेका छन् ।कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा लामो समयदेखी स्थायी रुपमा कार्यरत शिक्षक तथा कर्मचारीहरुको स्तरवृद्धि तथा नियमावली अनुसारको तलब र भत्ता नपाएको भन्दै उनिहरु उच्च अदालत सुर्खेत जुम्ला इजलास पुगेका थिए ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई उच्च अदालतको आदेशः ५८ जना शिक्षक तथा कर्मचारीको बढुवा र नियमावली अनुरुपको तलब दिने ब्यबस्था गर्नु
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई उच्च अदालतको आदेशः ५८ जना शिक्षक तथा कर्मचारीको बढुवा र नियमावली अनुरुपको तलब दिने ब्यबस्था गर्नु उच्च अदालत सुर्खेत, जुम्ला ईजलासले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका ५८ जना शिक्षक कर्मचारीको पक्षमा आदेश जारी गरेको छ। बिगत लामो समयदेखी बढुवा नभएको र नियमावलीले तोके बमोजिम तलब भत्ता नपाएको भन्दै प्रतिष्ठानका ५८ जना शिक्षक तथा कर्मचारीले ११ पौष २०८० मा रिट दायर गरेका थिए।
कर्णालीको दिक्षान्त समारोह स्थगित गरेर एतिहासिकै झुट प्रधानान्त्री बने ओली, तयारी खर्च र विद्यार्थीको खर्च तिराउन संसदमा माग
कर्णालीको दिक्षान्त समारोह स्थगित गरेर एतिहासिकै झुट प्रधानान्त्री बने ओली, तयारी खर्च र विद्यार्थीको खर्च तिराउन संसदमा माग कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको यही भाद्र २३ हुने भनिएको प्रथम दीक्षान्त समारोह प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा समस्या आछि स्थगित गरिएको भनिए पनि प्रधानमन्त्रीले बहाना बनाइ एतिहासिकै झुट प्रधानान्त्री भएको संघिय सांसद ज्ञानेन्द्र शाहीले बताएका छन ।
ओली शासनमा विद्यार्थीले दीक्षित हुन पनि पाएनन् : रास्वपा सांसद श्रेष्ठ
ओली शासनमा विद्यार्थीले दीक्षित हुन पनि पाएनन् : रास्वपा सांसद श्रेष्ठ प्रतिपक्ष दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद एवं पूर्वशिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तिम समयमा आएर कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको दिक्षान्त समारोह स्थगित गरेकोमा आपत्ति जनाएकी छन् ।
सुर्खेत अस्पतालमा क्यान्सर उपचार सेवा विस्तार गर्न विपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुर र सुर्खेत अस्पताल बिच सम्झौता
सुर्खेत अस्पतालमा क्यान्सर उपचार सेवा विस्तार गर्न विपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुर र सुर्खेत अस्पताल बिच सम्झौता कर्णाली प्रदेशको सुर्खेत प्रादेशिक अस्पतालमा क्यान्सर उपचार सेवा सुरु हुने भएको छ । बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरले सुर्खेत प्रादेशिक अस्पतालमा सेवा विस्तार गर्ने सम्झौता गरे पछि अब सुर्खेतमा पनि क्यान्सर उपचार सुरु हुने भएको हो ।
दैलेखमा एक गर्भवतीको हेलिकप्टरबाट उद्धार
दैलेखमा एक गर्भवतीको हेलिकप्टरबाट उद्धार दैलेखमा एक गर्भवतीको हेलिकप्टरबाट उद्धार गरिएको छ । आठबिस नगरपालिका–९ की २४ वर्षीया कौशी कठायतलाई नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको हो ।
छायानाथ रारा नगरपालिकाका छ माध्यमिक विद्यालयमा प्रत्येक शुक्रबार विद्यार्थीहरुलाई यौनिकता शिक्षा दिने
छायानाथ रारा नगरपालिकाका छ माध्यमिक विद्यालयमा प्रत्येक शुक्रबार विद्यार्थीहरुलाई यौनिकता शिक्षा दिने राइट हेअर राइट नाओ र सिडिएस–पार्क नामक संस्थासँगको सहकार्यमा छायानाथ रारा नगरपालिकामा छवटा माध्यमिक विद्यालयमा प्रत्येक शुक्रबार विद्यार्थीहरुलाई बृहत् यौनिकता शिक्षा दिन थालिएको हो । यौनिकता सम्बन्धी शिक्षा नहुँदा शारीरिक, मानसिक र शैक्षिक रूपमा परिपक्व नहुँदै विवाह गर्ने, महिलाको प्रजनन स्वास्थ्य अधिकारबारे थाहा नहुने, छाउपडीजस्ता कुप्रथा मान्ने, शारीरिक रूपमा हुने...
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र सुर्खेत अस्पतालबीच जुँगाको लडाइले प्रतिष्ठानलाई धक्का
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र सुर्खेत अस्पतालबीच जुँगाको लडाइले प्रतिष्ठानलाई धक्का कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र प्रादेशिक अस्पताल सुर्खेत बीचको जुँगाको लडाइले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको भविष्य अन्धकार बन्न सक्ने तर्फ चिन्ता बढेको छ । तत्कालीन समयमा प्रधानमन्त्री केपी शर्मा ओली प्रधानमन्त्री हुँदा बसेको सिनेट बैठकले जुम्ला र सुर्खेत मिलेर प्रतिष्ठान चलाउने निर्णय गरेको थियो ।
मौसम खराबीका कारण बिरामी बोकेको हेलिकप्टर खेतमा आकस्मिक अवतरण
मौसम खराबीका कारण बिरामी बोकेको हेलिकप्टर खेतमा आकस्मिक अवतरण डोल्पाबाट बिरामी बोकेर बाँकेको नेपालगञ्ज उडान भरेको नेपाली सेनाको हेलिकोप्टर खराब मौसमका कारण सुर्खेतको लेकबेशी नगरपालिकामा आकस्मिक अवतरण गरिएको छ।
स्वास्थ्य मन्त्रालयले पठाएका छात्रवृत्ति चिकित्सक फिर्ता पठाए निर्देशकले
स्वास्थ्य मन्त्रालयले पठाएका छात्रवृत्ति चिकित्सक फिर्ता पठाए निर्देशकले प्रदेश अस्पताल सुर्खेतका निर्देशक डा. डम्बर खड्काले सङ्घीय स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको निर्देशनलाई समेत अवज्ञा गरेको पाइएको छ । सरकारले छात्रवृत्तिका विशेषज्ञ चिकित्सक कर्णाली खटाउँदा उनले फिर्ता पठाएका छन् । 
Weather Update