Swasthya Awaj
भेरी अस्पतालमा बढ्न थाले मौसमी रोगका बिरामी
भेरी अस्पतालमा बढ्न थाले मौसमी रोगका बिरामी भेरी अस्पताल बाँकेमा भाइरल ज्वरो, रुघाखोकी, र झाडापखालाका बिरामीहरूको सङ्ख्या बढ्दै गएको छ।अस्पताल प्रशासनका अनुसार, पछिल्लो केही दिनदेखि मौसमी रोगका बिरामीहरू अत्यधिक मात्रामा उपचारका लागि अस्पतालमा आउन थालेका छन्।
ओम महिला तथा बालबालिका अस्पतालमा सुत्केरीको मृत्यु, अस्पतालले लापरवाही गरेको भन्दै कारबाहीको माग
ओम महिला तथा बालबालिका अस्पतालमा सुत्केरीको मृत्यु, अस्पतालले लापरवाही गरेको भन्दै कारबाहीको माग तिलोत्तमा–४ ड्राईभरटोलमा रहेको ओम महिला तथा बालबालिका अस्पतालमा सुत्केरीको ज्यान गएको छ ।शान्ती नमुना माविमा अंग्रेजी विषय अध्यापन गर्र्दै आएकी सृजना पौडेलको शरिरमा युरिनको मात्रा फैलिएपछि समयमा नै उपचार नहुँदा मृत्यु भएको हो ।
भेरी अस्पताल १३४ वर्षमा : पूर्वाधार र जनशक्तिको अभावका बाबजुद उत्कृष्ट उपचार सेवा
भेरी अस्पताल १३४ वर्षमा : पूर्वाधार र जनशक्तिको अभावका बाबजुद उत्कृष्ट उपचार सेवा नेपालगन्जको भेरी अस्पतालले यसै साता स्थापनाको १३४ औं वार्षिकोत्सव मनाएको छ । संघीय सरकारको मातहतमा रहेको भेरी अस्पताल विशेषज्ञ सेवा प्रदान गर्ने पश्चिम नेपालको सबैभन्दा ठूलो सरकारी अस्पताल हो । पश्चिम नेपालका तीन वटा प्रदेश सुदूरपश्चिम, कर्णाली र लुम्बिनीका २४ जिल्लाका बिरामीहरु रेफर भएर उपचारका लागि भेरी अस्पताल पुग्ने गरेका...
प्रदेश सरकारले सोधभर्ना नदिएपछि लुम्बिनीका प्रादेशिक अस्पतालमा निःशुल्क टिकट बन्द
प्रदेश सरकारले सोधभर्ना नदिएपछि लुम्बिनीका प्रादेशिक अस्पतालमा निःशुल्क टिकट बन्द सरकारले सोधभर्ना नदिने भएपछि लुम्बिनीका प्रादेशिक अस्पतालहरुमा विगत २ वर्षदेखि लागू हुँदै आएको निःशुल्क टिकटको सुविधा हटाइएको छ । आज साउन १ गतेदेखि नै लागू हुने गरी लुम्बिनी प्रादेशिक अस्पताल र राप्ती प्रादेशिक अस्पतालमा बहिरङ्ग सेवा तथा जनरल वार्डमा सेवाग्राहीले शुल्क तिर्नुपर्ने भएको हो ।
स्वास्थ्य संस्थामा मृत्युदर न्यून गर्न स्वास्थ्यकर्मीलाई तालिम
स्वास्थ्य संस्थामा मृत्युदर न्यून गर्न स्वास्थ्यकर्मीलाई तालिम स्वास्थ्य संस्थामा मृत्युदर न्यून गर्न चिकित्सक तथा स्वास्थ्यकर्मीलाई ‘आकस्मिक आधारभूत स्वास्थ्य सेवा’ सम्बन्धी तालिम प्रदान गरिएको छ ।  प्रभावकारी  स्वास्थ्य सेवा व्यवस्थापन गरी स्वास्थ्य संस्थामा मृत्युदर घटाउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशअन्तर्गत १२  जिल्लाका २४ जना अस्पतालका चिकित्सक,  नर्स, स्वास्थ्यकर्मीलाई पाँच दिने तालिम प्रदान गरेको हो...
भेरी अस्पतालको निमित्त मेडिकल सुपरिटेन्डेन्टमा डा. प्रकाश थापा नियुक्त
भेरी अस्पतालको निमित्त मेडिकल सुपरिटेन्डेन्टमा डा. प्रकाश थापा नियुक्त बाँके जिल्लामा स्थित भेरी अस्पतालको निमित्त मेडिकल सुपरिटेन्डेन्टमा डा. प्रकाश थापा नियुक्त भएका छन् । शुक्रबार स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप यादवले मन्त्रीस्तरीय निर्णय गर्दै थापालाई निमित्त मेडिकल सुपरिटेन्डेन्टको जिम्मेवारी दिएका हुन् ।
नेपालगन्ज मेडिकल कलेजका कर्मचारीद्वारा ४५ बुँदे मागसहित आन्दोलनको चेतावनी
नेपालगन्ज मेडिकल कलेजका कर्मचारीद्वारा ४५ बुँदे मागसहित आन्दोलनको चेतावनी नेपालगन्ज मेडिकल कलेजमा कार्यरत कार्यरत स्वास्थ्यकर्मी र कर्मचारीहरुले तलबलगायत विभिन्न सेवा र सुविधाको माग गर्दै मेडिकल कलेजको नयाँ व्यवस्थापनलाई ४५ बुँदे ज्ञापन पत्र बुझाएका छन् । मंगलबार कर्मचारी संगठनका केन्द्रीय सभापति तथा वार्ता कमिटी संयोजक रत्ना गिरी नेतृत्वको टोलीले नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालका प्रमुख कार्यकारी अधिकृत सन्तोषकुमार बीएनलाई ज्ञापन...
गुल्मीदरबार गाउँपालिकामा १५ शय्याको अस्पताल भवन अलपत्र, निर्माण सम्पन्न भई सक्दा पनि सेवा सुचारु हुन सकेन
गुल्मीदरबार गाउँपालिकामा १५ शय्याको अस्पताल भवन अलपत्र, निर्माण सम्पन्न भई सक्दा पनि सेवा सुचारु हुन सकेन गुल्मीदरबार गाउँपालिकामा १५ शय्याको अस्पताल भवन अलपत्र अवस्थामा छ। निर्माण व्यवसायीले गत असारमा भवन निर्माणको काम सम्पन्न गरेपनि अस्पताल भवन निर्माण गरेको रकम निर्माण व्यवसायीले नपाउँदा भवन प्रयोगमा आउन सकेको छैन । 
बाँके जिल्लामा चालु आ.ब.को नौ महिनामा १२ जना सुत्केरीको मृत्यू, जनचेतनामा ध्यान दिन बिज्ञको सुझाव
बाँके जिल्लामा चालु आ.ब.को नौ महिनामा १२ जना सुत्केरीको मृत्यू, जनचेतनामा ध्यान दिन बिज्ञको सुझाव स्वास्थ्य कार्यालय बाँकेका अनुसार आर्थिक बर्ष २०८०।०८१ को नौ महिनामा बाँके जिल्लामा १२ जना सुत्केरीको मृत्यू भएको छ । मृत्यु भएका १२ जनामा ६ जना नेपालगन्ज उपमहानगरपालिकाका छन् भने ६ जना विभिन्न नगरपालिका।गाउँपालिकाका छन् ।
बाँके जिल्लामा पोलियो र डिपिटीको खोप अभावः १३ हजार बालबालिका खोपबाट वञ्चित ।
बाँके जिल्लामा पोलियो र डिपिटीको खोप अभावः १३ हजार बालबालिका खोपबाट वञ्चित । स्वास्थ्य कार्यालय बाँकेमा जन्मेदेखि १५ महिनासम्मका बालबालिकालाई विभिन्न रोग विरुद्ध लगाइने पोलियो र डिपिटी खोपको अभाव भएको छ ।नियमितरुपमा प्रत्येक महिना लगाउनु पर्ने ती खोप जिल्लाका स्वास्थ्य चौकीहरूमा नपुग्दा बालबालिकाहरू खोप लगाउनबाट वञ्चित भएका छन् ।
Weather Update