
धनगढीवासीले अब निःशुल्क रगत पाउने
बुधबार, साउन १६, २०८१
कैलालीको धनगढी उपमहानगरपालिकामा बसोबास भएका नागरिकले अब निःशुल्क रगत पाउने भएका छन् । धनगढी उपमहानगरपालिकाले रेडक्रस शाखा धनगढीसँग सम्झौता गर्दै नगरवासीलाई निःशुल्क रगत उपलब्ध गराउने व्यवस्था गरेको हो ।

मौसम खराबीका कारण बिरामी बोकेको हेलिकप्टर खेतमा आकस्मिक अवतरण
बुधबार, साउन १६, २०८१
डोल्पाबाट बिरामी बोकेर बाँकेको नेपालगञ्ज उडान भरेको नेपाली सेनाको हेलिकोप्टर खराब मौसमका कारण सुर्खेतको लेकबेशी नगरपालिकामा आकस्मिक अवतरण गरिएको छ।

ललितपुरको इमाडोलमा पनि देखियो दुई जनामा हैजा, कुल संक्रमितको संख्या २२ पुग्यो, सबैलाई सचेत रहन बिज्ञको सुझाव
बुधबार, साउन १६, २०८१
पछिल्लो चौबिस घण्टा काठमाडौँ उपत्यकामा थप दुई जनामा हैजा केश पुष्टी भएको छ । पछिल्ला दुईवटा केश ललितपुर इमाडोलको हो । यो संगै साउन यता हैजाबाट संक्रमित हुनेको संख्या २२ पुगेको छ ।

देशभर डेंगी संक्रमितको संख्या २ हजार नाघ्यो, सबैभन्दा बढी उपत्यकामा
बुधबार, साउन १६, २०८१
देशभर डेंगी संक्रमितको संख्या २ हजार नाघेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का अनुसार सन् २०२४ जनवरीयता २९ जुलाईसम्म २ हजार ६१ जनामा डेंगी संक्रमण पुष्टि भएको हो ।

मन्त्री र सचिवलाई प्रधानमन्त्रीको निर्देशनः काममा ढिलासुस्ती नहोस्
मंगलबार, साउन १५, २०८१
प्रधानमन्त्री केपी शर्मा ओलीले तरकारीमा विषादीको प्रयोग गर्ने नगर्ने क्यारेन्टइनबारे तीन महिनाभित्र निर्णय लिन निर्देशन दिएका छन्। मंगलबार सिंहदरबारमा मन्त्रीहरूसहित सचिवहरूलाई राखेर प्रधानमन्त्री ओलीले निर्देशन दिँदै उनले हरेक मन्त्रालये सय दिनभित्र यो यो काम गरियो भन्ने देखिने खालका आकर्षक प्रतिवेदन दिन पनि भनेका छन्।

स्वास्थ्य क्षेत्र सुधारका लागि तीन तहबीच समन्वय आवश्यक : स्वास्थ्य मन्त्री पौडेल
मंगलबार, साउन १५, २०८१
स्वास्थ्य मन्त्री प्रदीप पौडेलले स्वास्थ्य क्षेत्र सुधार गर्नका लागि सङ्घ, प्रदेश र स्थानीय तहबीच समन्वय आवश्यक रहेको बताएका छन् । उनले एकीकृत ढंगबाट स्वास्थ्य प्रणालीको विकास हुनुपर्नेमा जोड दिएका छन् ।

विपद र डेङ्गी सहितका महामारीको समस्या समाधान गर्न काठमाडौँ महानगरले सञ्चालनमा ल्यायो २४ घण्टे हटलाइन सेवा
मंगलबार, साउन १५, २०८१
काठमाडौँ महानगरपालिकाले विपदजन्य जोखिम र डेङ्गी हैजासहित महामारी व्यवस्थापनका लागि २४ घण्टे हटलाइन सेवा सुरु गरेको छ । महानगरको विपद व्यवस्थापन विभाग, स्वास्थ्य विभाग र महानगर प्रहरी बलबाट यो सेवा प्रदान हुने जनाएको छ ।

डेन्टल कलेज सञ्चालन सम्बन्धी छलफल गर्न सीटीइभीटीले दुई संस्थालाई वार्तामा बोलायो
मंगलबार, साउन १५, २०८१

सुर्तीजन्य पदार्थको कर र चेतना बढाएर उपभोग नियन्त्रण गर्न सकिन्छ : मन्त्री पौडेल
मंगलबार, साउन १५, २०८१
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले सुर्तीजन्य पदार्थको कर र चेतना बढाएर यसको उपभोग नियन्त्रण गर्न सकिने बताएका छन । प्रतिनिधि सभाको आजको बैठकमा मौखिक प्रश्नको उत्तर दिने क्रममा मन्त्री पौडेलले भने, “विश्व स्वास्थ्य सङ्गठनका अनुसार सुर्तीजन्य पदार्थको खुद्रा मूल्यमा ७५ प्रतिशतको दरले कर हुनुपर्छ ।

अहिलेको ऐन तथा नीतिबाट स्वास्थ्य बीमा कार्यक्रम प्रभावकारी बन्ने देखिदैन : स्वास्थ्य मन्त्री पौडेल
मंगलबार, साउन १५, २०८१
स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले अहिलेको ऐन तथा नीतिबाट स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी हुन नसक्ने बताएका छन् । प्रतिनिधि सभा बैठकमा सांसद प्रेम सुवालले सोधेको प्रश्नमाथि सोमबार जबाफ दिँदै मन्त्री पौडेलले अहिलेकै ऐन नीति, नियमले स्वास्थ्य बीमा कार्यक्रम धेरै व्यवस्थित हुन नसकेको भन्दै सरकारले त्यसलाई प्रभावकारी बनाउन सम्बन्धित पक्षसँग...