बिर्तामोड नगरपालिका पहिलो भयो, हात्तीपाइले विरुद्ध औषधि सेवन अभियानमा
सोमबार, वैशाख ३१, २०८१

नवनियुक्त स्वास्थ्य मन्त्रीले गरे पहिलो निर्णय, बिभिन्न अस्पतालमा जनशक्ति थप गर्ने देखि बढुवा सम्मका निर्णय
सोमबार, वैशाख ३१, २०८१
नवनियुक्त स्वास्थ्य तथा जनसंख्या स्वास्थ्य मन्त्रीका रुपमा राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिए लगत्तै पदभारका लागि स्वास्थ्य मन्त्रालयमा पुगेका मन्त्री यादवले पहिलो निर्णय गरेका छन ।

नर्सिङ विषयमा पीएचडी गर्ने २८ जना नर्सहरु सम्मानित
आइतबार, वैशाख ३०, २०८१
२०४ औं अन्तराष्ट्रिय नर्सिङ दिवस तथा १४ औँ राष्ट्रिय नर्सिङ सम्मेलनको अवसरमा नेपाल नर्सिङ संघले नर्सिङ विषयमा विद्यावारिधि (पीएचडी) गर्ने २८ जना नर्सलाई सम्मान गरेको हो ।

जिल्ला अस्पताल बैतडीका चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित
आइतबार, वैशाख ३०, २०८१
जिल्ला अस्पताल बैतडीका चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित भएका छन् । नौ महिनादेखि अतिरिक्त सेवा र बिदाको दिन सेवा गरे बापतको रकम भुक्तानी नपाएकाले अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित भएका हुन् । सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयलाई पटक–पटक पत्राचार गर्दा समेत चासो नदेखाएकाले दबाबस्वरुप चिकित्सकहरु आजदेखि आकस्मिक बाहेकका सेवा बन्द गर्दै...

प्रधानमन्त्री दाहालले नर्सहरूको सेवा–सुविधा सन्तोषजनक एवं एकरूपता नभएकाले त्यसलाई सुधार गर्दै सरकारले सकारात्मक पहल गर्ने बताएका छन्
आइतबार, वैशाख ३०, २०८१
२०४ औं अन्तराष्ट्रिय नर्सिङ दिवस तथा १४ औँ राष्ट्रिय नर्सिङ सम्मेलनलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले नर्सहरूको सेवा–सुविधा सन्तोषजनक एवं एकरूपता नभएकाले त्यसलाई सुधार गर्दै सरकारले सकारात्मक पहल गर्ने बताएका छन् ।

स्वास्थ्य बीमा बोर्डले झण्डै ७ वर्ष पछि सुविधा थैलीमा रहेका औषधिको शुल्क परिमार्जन गर्ने निर्णय गर्यो
शुक्रबार, वैशाख २८, २०८१
यही बैशाख २० गते स्वास्थ्य बीमा बोर्डको बैठकको निर्णयानुसार स्वास्थ्य बीमा बोर्डले झण्डै ७ वर्ष पछि सुविधा थैलीमा रहेका औषधिको शुल्क परिमार्जन गरेको छ ।

मन्त्रिपरिषद् बैठकद्धारा ट्रामाडोल र टापेन्टाडोल औषधिलाई मनोद्दीपक औषधिको सूचीमा समावेश निर्णय
शुक्रबार, वैशाख २८, २०८१

भाटभटेनीका अध्यक्ष मीनबहादुर गुरुङद्धारा डा. भगवान कोइरालाको नेतृत्वमा निर्माण भइरहेको बाल अस्पतालका लागि ४१ करोड सहयोग गर्ने घोषणा
शुक्रबार, वैशाख २८, २०८१
वरिष्ठ मुटु शल्यचिकित्सक डा. कोइरालाको नेतृत्वमा काठमाण्डौ सहित देशका सात वटै प्रदेशमा बन्ने बाल अस्पतालका लागि भाटभटेनी सूपरमार्केटका अध्यक्ष तथा प्रबन्ध निर्देशक मीनबहादुर गुरुङले शुक्रबार हेपाली हाइटमा रहेको किओचको कार्यालय र कार्यालय परिसरमा बनिरहेको अस्पताल क्षेत्रमा पुगेर ४१ करोड सहयोग गर्ने घोषणा गरेका हुन्।

स्वास्थ्य मन्त्रालयद्धारा स्वास्थ्यमन्त्री ब्लूम्बर्ग जनस्वास्थ्य पुरस्कारका लागि आवेदन माग
शुक्रबार, वैशाख २८, २०८१

प्रथम ‘अन्तर्राष्ट्रिय सामुदायिक मानसिक स्वास्थ्य सम्मेलन’ सम्पन्नः जुम्ला घोषणापत्र जारी
मंगलबार, वैशाख २५, २०८१
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लामा पहिलो पटक आयोजित प्रथम ‘अन्तर्राष्ट्रिय सामुदायिक मानसिक स्वास्थ्य सम्मेलन’ सम्पन्न भएको छ । अमेरिकास्थित हार्वर्ड युनिभर्सिटीको आयोजना तथा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको समन्वयमा सञ्चालित दुई दिने अन्तर्राष्ट्रिय सम्मेलन समापन पश्चात ‘जुम्ला घोषणापत्र’ जारी गरेको प्रतिष्ठानका शैक्षिक प्रशासन प्रमुख इन्द्रराज डाँगीले बताएका छन ।