‘दक्षिण एशियामा क्यान्सरका कुल बिरामीमध्ये २० प्रतिशतमा मुखको क्यान्सर’
शनिबार, वैशाख १५, २०८१

पूर्वाञ्चल विश्वविद्यालयको ३०० शैयाको शिक्षण अस्पताल निर्माणको प्रक्रिया आगामी आर्थिक वर्षमा अगाडि बढाउनेः प्रधानमन्त्री
शनिबार, वैशाख १५, २०८१
पूर्वाञ्चल विश्वविद्यालयको १२ औँ दीक्षान्त समारोहलाई शुक्रबार सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले गोठगाउँस्थित विश्वविद्यालय हाताभित्र ३०० बेडको अस्पताल निर्माणको प्रक्रिया आगामी आर्थिक वर्षमा अगाडि बढाउने घोषणा गरेका हुन् ।

खोटाङमा ६० जना क्षयरोगको सङ्क्रमण भेटिए
शनिबार, वैशाख १५, २०८१
खोटाङमा ६० जना क्षयरोगका सङ्क्रमीत भेटिएका छन् । स्वास्थ्य कार्यालय खोटाङले प्रस्तुत गरेको आर्थिक वर्ष २०७९।८० को प्रतिवेदन अनुसार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा १८, हलेसी तुवाचुङ नगरपालिकामा १७, दिप्रुङ चुइचुम्मा गाउँपालिकामा छ, खोटेहाङ र ऐँसेलुखर्क गाउँपालिकामा पाँच/पाँच, केपिलासगढी गाउँपालिकामा तीन, रावाबेँसी र साकेला गाउँपालिकामा २।२ तथा जन्तेढुङ्गा र बराहपोखरी गाउँपालिकामा...

बर्दिया जिल्लामा ६४.२८ प्रतिशत महिला स्वास्थ्य स्वयंसेविको छैन स्वास्थ्य विमा
शुक्रबार, वैशाख १४, २०८१
बर्दिया जिल्लामा जम्मा ८ सय ३७ जना महिला स्वास्थ्य स्वयंसेविका रहेका छन् जसमध्ये २ सय ९९ जनाको मात्र स्वास्थ्य बिमा भएको छ । जम्मा महिला स्वास्थ्य स्वयंसेविकाको संख्यामा ६४.२८ प्रतिशतले स्वास्थ्य बिमा नगरेको स्वास्थ्य कार्यालय बर्दियाले जनाएको छ ।

धनुषा जिल्लामा ९ सय ३१ जनामा हातीपाइले रोग
शुक्रबार, वैशाख १४, २०८१
जनस्वास्थ्य कार्यालय धनुषाले गरेको सर्वेक्षण अनुसार धनुषा जिल्लामा ९ सय ३१ जनामा हातीपाइले रोग देखापरेको छ । जनकपुर उपमहानगरपालिकामा सबैभन्दा बढी हात्तीपाइले रोगका बिरामी रहेका छन् ।

तेस्रो लगानी सम्मेलनमा १ सय ५१ परियोजना प्रस्तुत गरिने
शुक्रबार, वैशाख १४, २०८१
देशमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याएर उद्योग, कलकारखाना स्थापना लगायत आर्थिक उन्नयनका परियोजना कार्यान्वयन गर्ने लक्ष्यका साथ तेस्रो लगानी सम्मेलनमा १ सय ५१ परियोजना प्रस्तुत गरिने भएको छ ।

हेटौँडा अस्पतालमा विशेषज्ञ चिकित्सकको अभावमा उपकरण थन्किए
बुधबार, वैशाख १२, २०८१
हेटौँडा अस्पतालमा मुटुरोग विशेषज्ञ अभावमा उपकरण थन्किएका छन् । अस्पताल श्रोतका अनुसार मुटुरोगका लागि अस्पतालमा ल्याइएका उपकरण विशेषज्ञ चिकित्सकको अभावका कारण प्रयोगमा आएका छैनन् ।

कार्यालय समयमा निजीमा काम गर्ने सरकारी डाक्टर तथा स्वास्थ्यकर्मीमाथि कारबाही हुने
बुधबार, वैशाख १२, २०८१
सरकारी सेवामा कार्यरत कतिपय चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीहरुलाई कार्यालय समयमा आफ्नो डिउटी छाडेर निजी अस्प्ताल, क्लिनिक तथा नर्सिङ होम तथा मेडिकल हलहरुमा नधाउन पुन निर्देशन दिएको छ ।

बर्दिया अस्पतालले सञ्चालनमा ल्यायो हेमोडायलासिस सेवा
बुधबार, वैशाख १२, २०८१
बर्दिया अस्पतालले पनि हेमोडायलासिस सेवा सञ्चालनमा ल्याएको छ । मिर्गौला फेल भएका बिरामीहरुलाई लक्षित गर्दै अस्पतालले मंगलबार (हिजो) देखि हेमोडायलासिस सेवा सुरु गरेको हो ।

जानकी आँखा अस्पतालका कर्मचारी आन्दोलनमा
बुधबार, वैशाख १२, २०८१
मधेश प्रदेशको जिल्लाहरूमा आँखा उपचारको क्षेत्रमा अग्रणी स्वास्थ्य संस्थाको रुपमा रहेको नेपाल रेडक्रस सोसाइटीले सञ्चालन गरेको जानकी आँखा अस्पताल अस्वस्थ बनेको छ ।

भेरी अस्पतालमा दरबन्दी अनुसार कर्मचारी पूर्तिका लागि पहल गरिनेछ : मन्त्री मगर
बुधबार, वैशाख १२, २०८१

नेपालमै पहिलोपटक मेडिसिटी अस्पतालमा ‘वाटर-बर्थ डेलिभरी’ सेवा सुरू
मंगलबार, वैशाख ११, २०८१
ललितपुरको नख्खुमा रहेको नेपाल मेडिसिटी अस्पतालमा ‘वाटर बर्थ’ सर्भिस सुरुवात गरेको छ । अस्पालकी प्रिन्सिपल कन्सल्टेन्ट तथा प्रसुती तथा स्त्रीरोग विभागकी प्रमुख डा. निरा सिंह श्रेष्ठले नेपालमा पहिलो पटक मेडिसिटी अस्प्तालमा वाटर बर्थ सेवा सुरु गरिएको जानकारी गराएकी छिन् ।