Swasthya Awaj
बाढीपहिरोमा ज्यान गुमाउनेको संख्या २१७ पुग्यो, बागमतीमा मात्र १९२ को मृत्यु
बाढीपहिरोमा ज्यान गुमाउनेको संख्या २१७ पुग्यो, बागमतीमा मात्र १९२ को मृत्यु अविरल वर्षापछि आएको बाढी पहिरो र डुबानका कारण अहिलेसम्म २१७ जनाले ज्यान गुमाएका छन्। २८ जना अझै बेपत्ता छन्।  गृहमन्त्रालयको आज बिहानसम्मको  विवरणअनुसार विपद्मा परी सबैभन्दा बढी काभ्रेपलान्चोकमा ६५ जनाले ज्यान गुमाएका छन्। अझै ६ जना बेपत्ता रहेका छन्।  
पहिरोका कारण बाटो नखुल्दा एम्बुलेन्समै गुमाए दुई बिरामीले ज्यान
पहिरोका कारण बाटो नखुल्दा एम्बुलेन्समै गुमाए दुई बिरामीले ज्यान पहिरोमा परी एम्बुलेन्स बीच बाटोमै रोकिंदा दुई जना बिरामीको मृत्यु भएको छ। यसरी मृत्यु हुनेहरुमा सिन्धुलीको कमलामाई नगरपालिका ४ घर भएकी ९४ वर्षीया टीकाकुमारी भुजेल र महोत्तरीको बर्दिवास नगरपालिका ८ का ४५ वर्षीय मानबहादुर सिंजाली रहेको सिन्धुलीका एसपी गोविन्दराज काफ्लेले जनाएका छन्।
झ्याप्लेखोलामा पहिरोले पुरिएका बसबाट १४ जनाको शव निकालियो
झ्याप्लेखोलामा पहिरोले पुरिएका बसबाट १४ जनाको शव निकालियो काठमाडौंको नागढुंगादेखि मुनि झ्याप्लेखोलामा पहिरोमा पुरिएको दुईवटा बसबाट १४ जनाको शव निकालिएको छ । शनिबार बिहान पहिरो जाँदा धादिङ जिल्लाको झ्याप्ले खोलामा माइक्रोबसहरु पुरिएका थिए । त्यस क्रममा लु १ ज ४५७८ नम्बरको माइक्रोबसबाट ५ वटा शव निकालिएको हो ।
कोशीका कानुन मन्त्री भन्छन् ‘औषधीमा कमिसनको बढी गुणस्तर कमजोर भएको गुनासो छ’
कोशीका कानुन मन्त्री भन्छन् ‘औषधीमा कमिसनको बढी गुणस्तर कमजोर भएको गुनासो छ’ आन्तरिक मामिला तथा कानून मन्त्री लिला वल्लभ अधिकारीले औषधि सम्वन्धि जनगुनासो ब्यापक आउने गरेको बताएका छन् । नेपाल फार्मास्यूटिकल एसोसिएसन कोशी प्रदेशले आयोजना गरेको विश्व फार्मेसी दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री अधिकारीले सो कुरा बताएका हुन् ।
Weather Update