अदालत र सिनेट भन्दा माथि वन्दै कर्णाली प्रतिष्ठानका उपकुलपति डा.मंगल
शुक्रबार, मंसिर ७, २०८१
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत स्थायी कर्मचारी तथा शिक्षकहरुका स्तरबृद्धि रोकेको भन्दै शिक्षक तथा कर्मचारीहरु अन्दोलित वनेका छन् ।कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा लामो समयदेखी स्थायी रुपमा कार्यरत शिक्षक तथा कर्मचारीहरुको स्तरवृद्धि तथा नियमावली अनुसारको तलब र भत्ता नपाएको भन्दै उनिहरु उच्च अदालत सुर्खेत जुम्ला इजलास पुगेका थिए ।
मेडिकल कलेज तथा सरकारी अस्पताललाई शुल्क विवरण सार्वजनिक गर्न मन्त्रालयको परिपत्रः सार्वजनिक नगर्नेलाई कारबाही गर्ने चेतावनी
बिहीबार, मंसिर ६, २०८१
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्नो सेवा शुल्क सार्वजनिक गर्न निजी मेडिकल कलेज तथा सरकारी अस्पताललाई परिपत्र गरेको छ । तोकिएको भन्दा बढी शुल्क लिएको गुनासो आए पछि स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले सबैले थाहा पाउने गरी शुल्क विवरण राख्ने व्यवस्था मिलाउन भनेका छन।
नेपालमा प्रत्येक वर्ष सुर्तीजन्य पदार्थको सेवनका कारण लाग्ने रोगबाट ३९ हजार २०० बढीको ज्यान जाने एक अध्ययनमा देखियो
बिहीबार, कात्तिक २२, २०८१
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) एफसिटीसी, आरटीआई, युएनडीपी लगायतका संस्थाहरुको संयुक्त अध्ययन् ‘इन्भेष्टमेन्ट केस फर टोवाको कन्ट्रोल नेपाल’को यसैवर्ष सार्वजनिक भएको अध्ययन् प्रतिवेदनले नेपालमा प्रत्येक वर्ष सुर्तीजन्य पदार्थको सेवनका कारण लाग्ने रोगबाट ३९ हजार २०० बढीको ज्यान जाने गरेको छ ।
बजारमा सिटामोल अभाव छैनः नेपाल औषधि लिमिटेड
शुक्रबार, कात्तिक ९, २०८१
बजारमा हल्ला भए जस्तो सिटामोल अभाव नरहेको नेपाल औषधि लिमिटेडले जनाएको छ । लिमिटेडका प्रबन्ध निर्देशक कैलाशकुमार पनेरुले सिटामोलको कुनै अभाव नरहेको र यसको नियमित उत्पादन पनि भइरहेको बताए । उनले भने, ‘हामीले नियमित उत्पादन गरिरहेका छौँ । दैनिक दुई सिफ्टमा काम भइरहेको छ । सिटामोलसँगै जीवनजललगायत अन्य औषधि पनि...
दशैकोमा उपभोक्ता महँगीको मारमा, सरकार मूकदर्शक
बुधबार, असोज २३, २०८१
दशैको मुखमा दैनिक उपभोग्य वस्तुको मूल्य अस्वाभाविक रूपमा वृद्धि भइरहँदा अनुगमन–नियमन गर्ने निकाय तथा सरकार मूकदर्शक देखिएका छ । निरन्तर मूल्यवृद्धि नभएको दैनिक उपभोग्य सामग्री नै खासै छैन । गत वर्ष दसैं अगाडि ठूलो गोलभेंडाको मूल्य प्रतिकिलो ३८ रुपैयाँ थियो । अहिले बढेर १ सय ४५ रुपैयाँ पुगेको छ ।...
नेपाल क्यान्सर अस्पतालले अक्टोबर महिनाभर स्तन क्यान्सर स्क्रिनिङमा ५० प्रतिशत छुट दिने
मंगलबार, असोज २२, २०८१
ललितपुरको हरिसिद्धिमा रहेको नेपाल क्यान्सर अस्पतालमा स्तन क्यान्सर सचेतना महिनाको अवसर पारेर स्तन क्यान्सर स्क्रिनिङमा ५० प्रतिशत सम्म छुट प्रदान गरीरहेको छ ।
देशभर १७ हजार ६०२ जनामा डेंगु सङ्क्रमण, ८ जनाको मृत्यु
मंगलबार, असोज २२, २०८१
देशभर १७ हजार भन्दा बढीमा डेंगु सङ्क्रमण पुष्टि हुनुका साथै आठ जना सङ्क्रमितको मृत्यु भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को तथ्याङ्क अनुसार हुम्ला बाहेक सबै जिल्लामा डेंगु सङ्क्रमण फैलिएको छ ।
जीपी कोइराला राष्ट्रिय स्वासप्रस्वास केन्द्र र ट्रमा सेन्टरलाई सुविधासम्पन्न बनाउन भारत सरकारले सहयोग गर्ने
सोमबार, असोज २१, २०८१
भारत सरकारले तनहुँको शुक्लागण्डकी नगरपालिकाको बेलचौतारास्थित जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास केन्द्रलाई तीन सय शय्या र उपकरणसहित अस्पताल निर्माणमा सहयोग गर्ने प्रतिबद्धता जनाएको छ। भारत भ्रमणमा रहनुभएका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेल र भारतीय जनता पार्टीका अध्यक्ष एवं स्वास्थ्य तथा परिवार कल्याणमन्त्री जेपी नड्डाबीच नयाँ दिल्लीस्थित निर्वाण भवनमा भएको द्विपक्षीय वार्ताका...
झ्याप्ले दुर्घटनामा प्रहरीको लापरबाहीबारे छानबिन हुँदै
आइतबार, असोज २०, २०८१
धादिङको धुनिवेशी नगरपालिका–९ स्थित झ्याप्लेखोलामा भएको दुर्घटनाबारे प्रहरी प्रधान कार्यालयले छानबिन गरिरहेको छ । असोज ११ र १२ मा परेको अविरल वर्षासँगै झ्याप्लेमा खसेको पहिरोमा पुरिएर दुईवटा माइक्रो र एउटा बसमा सवार ३५ जनाको मृत्यु भएको थियो । सो घट्नामा धादिङका तत्कालीन एसपी गौतम केसीले लापरबाहीपूर्ण भूमिका खेलेको आकलन छ...
नेपालको पश्चिमी क्षेत्रबाट बाहिरिन थाल्यो मनसुन
आइतबार, असोज २०, २०८१
नेपालको पश्चिमी क्षेत्रबाट मनसुन बाहिरिन सुरु भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आइतबार सुदूरपश्चिम प्रदेशबाट मनसुन बाहिरिएको छ भने कर्णाली प्रदेशका धेरै तथा लुम्बिनी प्रदेशको पश्चिमी भू-भागको थोरै स्थानहरूबाट मनसुन बाहिरिएको छ ।
प्रसूति गृहमा मनोस्वास्थ्य ओपिडी र ‘न्यु बर्न स्क्रिनिङ’ सेवा सुरु
आइतबार, असोज २०, २०८१
परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालमा दुई नयाँ सेवा सुरु भएको छ । अस्पतालले गर्भवती तथा सुत्केरीका लागि मानसिक स्वास्थ्य सेवाको ओपिडी र नवजात शिशुमा वंशाणुगत रोग पत्ता लगाउन ‘न्यु बर्न स्क्रिनिङ’ सेवा सुरु गरेको हो ।
देशभर करिब १५ हजारमा डेंगु सङ्क्रमण पुष्टि, ७ को मृत्यु
शुक्रबार, असोज १८, २०८१
देशभर झण्डै १५ हजार जनामा डेंगु सङ्क्रमण पुष्टि हुनुका साथै सात जना सङ्क्रमितको मृत्यु भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को तथ्याङ्क अनुसार जुम्लामा बाहेक सबै जिल्लामा डेंगु सङ्क्रमण फैलिएको छ ।