नेपाल र चीनबीच बोन म्यारो प्रत्यारोपण र मानव संशाधन विकास सहयोग सम्बन्धी सम्झौता
शुक्रबार, वैशाख १४, २०८१

हिमाली जिल्लाहरुमा पनि देखिन थाल्य औलोका बिरामीहरु
बिहीबार, वैशाख १३, २०८१
सडक सञ्जालले हिमाली जिल्ला जोडिए पछि रोगको प्रभाव ती जिल्लामा देखिन थालेको जनाइएको छ। विश्व औलो दिवसका अवसरमा स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेश सुर्खेतले गरेको अन्तर्क्रिया विगतमा तराईमा देखिने औलो रोग आजभोली हिमाली जिल्लाहरुमा देखिन थालेको तथ्याङ्क सार्वजनिक गरेको छ।

सरकारले गर्भवतीहरुलाई आइरन र फोलिक एसिडको सट्टा एमएमएस चक्की दिइने
बिहीबार, वैशाख १३, २०८१
गर्भावस्थामा आइरन फोलिक एसिडसँगै अन्य सुक्ष्म पोषक तत्व पनि खुवाउनु राम्रो हुने विभिन्न अध्ययनले देखाएपछि पहिलो चरणमा देशका १० वटा जिल्लामा पुरक बहु सुक्ष्मपोषकतत्वहरुको मिश्रण भएको खाने चक्की एमएमएस (मल्टी माइक्रोन्युट्रेन्ट सप्लिमेन्टस्) वितरण कार्यक्रम सुरु गर्ने भएको छ ।

भक्तपुरस्थित प्रत्यारोपण केन्द्रको वार्षिकोत्सवमा लफडा
बुधबार, वैशाख १२, २०८१
भक्तपुरस्थित सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा मंगलबार दुई थरी तस्बिर देखिएको थियो। पहिलो केन्द्रको १२औं वार्षिकोत्सवको हर्सोल्लास र दोस्रो भने अस्पताल परिसरमा आन्दोलनरत पक्षले प्लेकार्ड सहित लगाएको नारा।

ज्येष्ठ नागरिकलाई घरमै स्वास्थ्य सेवा
बुधबार, वैशाख १२, २०८१
पोखरा महानगरपालिका–२५ ले ‘वडा नागरिक आरोग्य कार्यक्रम’ सुरू गरेको छ । ज्येष्ठ नागरिकलाई घरमै आधारभूत स्वास्थ्य सेवा प्रदान गर्न सो कार्यक्रम सञ्चालन गरिएको हो ।

सन् २०२३ मा जलवायु र मौसमी प्रकोपबाट एसिया सबैभन्दा बढी प्रभावित
बुधबार, वैशाख १२, २०८१
सन् २०२३ मा जलवायु र मौसमी खतराबाट एसिया विश्वको सबैभन्दा धेरै प्रकोप प्रभावित क्षेत्र भएको संयुक्त राष्ट्रसङ्घले मङ्गलबार बताएको छ । एसियामा बाढी र आँधी मानवीय र आर्थिक क्षतिको प्रमुख कारण भएको बताइएको छ ।

स्वास्थ्य क्षेत्रमा आउनसक्ने चुनौतीको सामना गर्न सक्नुपर्छ : प्रधानमन्त्री प्रचन्ड
बुधबार, वैशाख १२, २०८१
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले स्वास्थ्य क्षेत्रमा नयाँनयाँ चुनौतीहरू देखापरिरहेकाले त्यसतर्फ सचेत रहनुपर्ने बताएका छन् । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रथम दीक्षान्त समारोहलाई आज सम्बोधन गर्दै प्रधानमन्त्रीले स्वास्थ्य क्षेत्रमा देखापर्ने समस्या समाधान गर्न विशेष ध्यान पुर्याउनु पर्ने बताए ।

लगानी सम्मेलन : डाबर नेपालले गर्यो ९ अर्ब ६८ करोड पुनर्लगानीका लागि प्रस्ताव
मंगलबार, वैशाख ११, २०८१
लगानी बोर्डको ५८ औँ बैठकले तेस्रो लगानी सम्मेलनमा आशयपत्र आह्वान गरिने, सोकेस गरिने र सम्भावित बजार खोजिने (मार्केट साउन्डिङ) परियोजनाको सूची स्वीकृत गरेको छ । सम्मेलनमा सरकारी र निजीसमेत गरी कूल एक सय ४८ वटा परियोजना सोकेसमा राखिनेछन्।

शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रद्वारा १२ सय बढी मिर्गौला प्रत्यारोपण गरेको जानकारी
मंगलबार, वैशाख ११, २०८१
शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा हालसम्म १२ सय ३९ जनाको मिर्गौला प्रत्यारोपण सम्पन्न भएको बताइएको छ ।

हुम्लाको सर्केगाडमा २८ वर्षीया सुत्केरीको मृत्यु
सोमबार, वैशाख १०, २०८१
हुम्लाको मध्य भेगमा रहेको सर्केगाड गाउँपालिका–७ रोडिकोटमा सुत्केरी भएको केही समयपछि एक जना महिलाको मृत्यु भएको छ। स्वास्थ्यचौकीमा प्रसूति गराउन गएकी २८ वर्षीया रिता देवकोटाको आइतबार राति १२ः३० बजे रोडिकोट स्वास्थ्य चौकीमा मृत्यु भएको हो।
-1713765864.jpeg)
सामाजिक सुरक्षा कोषमा आवद्ध भएका योगदानकर्ताको उपचार गर्न ८३ वटा अस्पतालसंग सम्झौँता
सोमबार, वैशाख १०, २०८१
योगदानमा आधारित सामाजिक सुरक्षा कोषले योगदानकर्ताका लागि देशभरका ८३ अस्पतालबाट स्वास्थ्य सेवा लिने व्यवस्था गरेको छ ।

दुर्गम क्षेत्रका ६७८ जना गर्भवती र सुत्केरी महिलाको निःशुल्क हवाई उद्धार
आइतबार, वैशाख ९, २०८१
सरकारले हालसम्म ६७८ जना दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाको निःशुल्क हवाई उद्धार गरेको छ ।

हाजिर गर्ने र टाप कस्ने चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीमाथि कारबाही गर्दै मन्त्रालय
शुक्रबार, वैशाख ७, २०८१
स्वास्थ्य मन्त्रालयले शुक्रबार सबै प्रतिष्ठान, विभाग, अस्पताल र केन्द्रहरुका चिकित्सक तथा स्वास्थ्यकर्मीलाई कार्यलय समयमा आफ्नो कार्यकक्षमा रहन निर्देशन दिएको हो।