स्वास्थ्य बीमा बोर्डको पञ्चवर्षीय रणनीतिक मार्गचित्र सार्वजनिक
शुक्रबार, असोज १८, २०८१
दशैलक्षित बजार अनुगमन आजदेखि सुरु
बुधबार, असोज १६, २०८१
सरकारले दसैँ, तिहार र छठजस्ता चाडपर्वलाई लक्षित गरेर घुम्ती खाद्य प्रयोगशालासहित आजदेखि बजार अनुगमन सुरु गरेको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले आजदेखि दुईवटा मोबाइल भ्यानसहित काठमाडौं, ललिपुर र भक्तपुर जिल्लाभित्र बजार अनुगमन सुरु गरेको हो ।
आज र भोलि कोशी र वाग्मती प्रदेशका केही ठाउँमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
बुधबार, असोज १६, २०८१
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले कोशी र वाग्मती प्रदेशका केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ । महाशाखाले बुधबार बिहान ६ बजेको बुलेटिनमा कोशी र वाग्मतीका एक-दुई ठाउँमा भारी वर्षाको सम्भावना रहेको उल्लेख गर्दै गेग्रान बहाव, बाढी, पहिरो, भू-क्षय जस्ता प्रकोपको जोखिम...
स्वास्थ्य मन्त्रालयले बनायो आपत्कालिन चिकित्सकीय समूह परिचालन कार्यविधि
मंगलबार, असोज १५, २०८१
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आपत्कालिन चिकित्सकीय समूह परिचालन कार्यविधि बनाएको छ। विपद् तथा आपत्कालिन वा रोगको प्रकोपबाट प्रभावित बिरामीलाई आपत्कालिन रुपमा चिकित्सा सेवा प्रदान गर्ने मुख्य लक्ष्यका साथ उक्त कार्यविधि बनाइएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलको उपस्थितीमा एक कार्यक्रमकाबीच उक्त कार्यविधि सार्वजनिक गरिएको हो।
स्वास्थ्य बीमा सुधारका लागि डा.आचार्यको नेतृत्वमा सुझाव समिति गठन
आइतबार, असोज १३, २०८१
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य बीमामा देखिएका समस्या समाधानमा सुझाव दिन डा. शम्भुप्रसाद आचार्यको नेतृत्वमा सुझाव समिति गठन गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले मन्त्रीस्तरीय निर्णय गर्दै आचार्यको संयोजकत्वमा ९ सदस्यीय समिति गठन गरेका हुन् ।
विपद् अपडेटः देशभर ११२ को मृत्यु, ६८ बेपत्ता, काठमाडौं उपत्यकामा ५४ वर्षयताकै अधिक वर्षा
आइतबार, असोज १३, २०८१
अविरल वर्षासँगै निम्तिएको विपद्का कारण काठमाडौं उपत्यकाका साथै विभिन्न जिल्लामा ठूलो मात्रामा जनधन क्षति भएको छ । बाढीपहिरो र डुबानबाट शनिबार रातिसम्म १ सय १२ जनाको ज्यान गएको छ भने ६८ जना बेपत्ता छन् । देशभर कम्तीमा १ सय जना घाइते भएका छन् । सडक, पुल, विद्युत्लगायतका संरचनामा समेत क्षति...
काठमाडौं उपत्यकामा वर्षाले रेकर्ड ब्रेकः ठूलो धनजन क्षति
शनिबार, असोज १२, २०८१
काठमाडौं उपत्यकामा रेकर्डब्रेक वर्षाले धनजनको ठूलो क्षति भएको छ । तीन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरमा गरेर ३४ जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् । ४८१ जनाको उद्धार गरिएको छ भने २१ जना हराइरहेका प्रहरीले जनाएको छ ।
बाढी र पहिरोबाट देशभर ७६ जनाको मृत्यु, ७२ बेपत्ता, ३६ जना घाइते र १ सय ९५ ठाउँमा भौतिक क्षति
शनिबार, असोज १२, २०८१
अविरल बर्षासँगैको बाढी पहिरोमा मृत्यु हुनेको संख्या ७६ जना पुगेको छ । यस्तै ७२ जना वेपत्ता र ३६ जना घाइते भएको सशस्त्र प्रहरीले शनिबार राति जनाएको छ । यस्तै देशभर १ सय ९५ ठाउँमा भौतिक क्षति भएको सशस्त्र प्रहरीका सहायक प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए ।
जलवायु परिवर्तनको असर न्युनिकरण गर्न विश्व समुदायले नेपाललाई सघाउनु पर्छ : स्वास्थ्य मन्त्री पौडेल
बिहीबार, असोज १०, २०८१
स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले नेपाल जलवायु परिवर्तनको प्रभावबाट अत्यधिक प्रभावित भएको भन्दै यसका असर न्यूनीकरणका लागि अन्तर्राष्ट्रिय समुदायले सघाउनुपर्ने बताएका छन् ।
क्षयरोग पहिचानका लागि नेपालमा पहिलो पटक भित्रियो एआईयुक्त एक्सरे मेसिन
बुधबार, असोज ९, २०८१
नेपालमा क्षयरोग पहिचानका लागि पहिलोपटक पोट्रेबल आर्टिफिर्सिल इन्टेलिजेन्सयुक्त चेष्ट मेसिन भित्रिएको छ। नेपाल सरकारले उक्त मेसिन खरिद प्रक्रिया ३ वर्ष अगाडि बढाएपनि भर्खरै नेपाल भित्रिएको हो। नयाँ प्रविधिको उक्त ९ वटा मेसिन खरिदका लागि सरकारले कम्तिमा पनि एउटाको ९० लाखका दरले खर्च गरेको राष्ट्रिय क्षयरोग केन्द्रका निर्देशक डा प्रज्वल श्रेष्ठले...
एकद्वार संकट व्यवस्थापन केन्द्रको प्रथम राष्ट्रिय सम्मेलन गर्दै स्वास्थ्य मन्त्रालय
बुधबार, असोज ९, २०८१
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एकद्वार संकट व्यवस्थापन केन्द्रको प्रथम राष्ट्रिय सम्मेलन गर्ने भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सम्मेलन आउँदो १३ र १४ असोजका दिन काठमाडौँको सोल्टी होटलमा हुँदैछ । सम्मेलनको उद्घाटन स्वास्थ्य मन्त्री प्रदीप पौडेलले गर्ने समेत मन्त्रालयले जानकारी दिएको छ ।